सिन्धुलीको सुनकोसी गाउँपालिका अध्यक्षमा माओवादीकी दीपा बोहोरा

काठमाडौँ । गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल सिन्धुलीको सुनकोसी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छिन् ।

दाहालले ५३७६ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी एमालेका रोमनराज गिरीले ५०९८ मत पाए । अध्यक्षमा निर्वाचित दाहाल सोही गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।


उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका कपिल कोइराला फराकिलो मताअन्तरले निर्वाचित भएका छन् । उनले ६५९४ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी हेमा अधिकारीले ३९५८ मत प्राप्त गरिन् ।

७ वडा रहेको सुनकोसीमा वडा नम्बर १ देखि ४ सम्म कांग्रेस, ५ र ६ माओवादी केन्द्र र ७ मा एमालेले जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..