भरतपुर महानगरमा रेणु दाहालले जित्ने संकेत

काठमाडौं । भरतपुर महानगरको मेयर उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले प्रतिस्धर्पीसँगको मतान्तर फराकिलो पार्दै गएकी छन् । एमालेका विजय सुवेदीभन्दा रेणु २ हजार २ सय ५ मतले अगाडि छन् ।

३१ हजार ७ सय ९३ मत गणना गर्दा रेणुले ११ हजार ७ सय र सुवेदीले ९ हजार ५ सय ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार काँग्रेसका बागी जगन्नाथ पौडेललको ५ हजार १ सय ७१ मत छ ।

उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार काँग्रेसका चित्रसेन अधिकारी १३ हजार ९ सय ३८ मतसहित अगाडि छन् । एमाले–रापप्रा गठबन्धनकी उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ७ हजार ७ सय ५० मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..