विजय जुलुसमा सहभागी चढेको गाडी दुर्घटना २४ जना घाइते


रुपन्देही । वडाध्यक्ष निर्वाचित भएको विजय जुलुसमा सहभागी चढेको बस दुर्घटना हुँदा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० शंकरापुरमा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

एमालेबाट वडा अध्यक्ष निर्वाचितको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । ‘२५ जना बोकेको सवारीसाधन अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय रपन्देहीका प्रमुख प्रहरी निरीक्षक मनोज केसीले जानकारीले बताए ।

बुधबार दिउँसो लु १ ख ८०७८ नम्बरको पल्टिएको हो ।
घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..