सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी

सिरहा। सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकी गीताकुमारी सिंह विजयी भएका छन् ।

अध्यक्ष यादवले दुई हजार एक सय ५१ मत ल्याएका छन । उनी ३४ मतले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार एक सय १७ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा जसपाकी गीताकुमारी सिंह दुई हजार दुई सय ७२ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार नौ सय ६९ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..