नेपाल आयल निगमलाई १५ दिनमा साढे ४ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले अबको १५ दिनमा पेट्रोलियम पदार्थ बिक्री गर्दा चार अर्ब ४८ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोर्ने भएको छ । रसिया–युक्रेन युद्ध जारी रहेकै बेला पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अझै बढेर आएको हो । इण्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य विवरण अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा, डिजेलमा ३५ रुपैयाँ ३३ पैसा घाटा पर्ने भएको छ । भारतीय आयल कर्पाेरेशनले हरेक १५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गर्छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर खरिद लागत १९२ रुपैयाँ ९४ पैसा पर्छ । निगमको बिक्री मूल्य भने प्रतिलिटर एक सय ७० रुपैयाँ छ । यसबाट १५ दिनमै निगमलाई ७८ करोड २७ लाख घाटा पर्ने भएको निगमले जारी गरेको विज्ञप्तिमा छ । यसैगरी डिजेलको लागत मूल्य १ सय ८८ रुपैयाँ ३३ पैसा परेको तर निगमको बिक्री मूल्य एक सय ५३ रुपैयाँ मात्र परेकाले प्रतिलिटर ३५ रुपैयाँ ३३ पैसा घाटा परेको निगमले जनाएको छ । आगामी १५ दिनभित्र डिजेल बिक्रीबाट मात्रै निगमलाई २ अर्ब २३ करोड रुपैयाँ घाटा पर्ने भएको छ ।

डिजेलपछि सबैभन्दा बढी घाटा सहँदै आएको एलपी ग्यासमा अब प्रतिलिण्डर एक हजार ५० रुपैयाँ घाटा पर्ने भएको छ । एक सिलिण्डरको लागत दुई हजार ६ सय ५० रुपैयाँ पर्ने तर निगमले एक हजार ६ सय रुपैयाँमा बेच्दै आएको छ । आगामी १५ दिनमा एलपी ग्यासबाट मात्रै निगमलाई एक अर्ब ७४ करोड ५४ लाख रुपैयाँ घाटा पर्ने भएको छ । यी ६ थरि पेट्रोलिम बिक्री गर्दा निगमलाई मटितेल र आन्तरिक तथा बाह्यतर्फको हवाई इन्धनमा मात्र घाटा छैन । मटितेलमा ८० लाख, आन्तरिक हवाई इधनमा एक करोड ४२ लाख र बाह्य हवाइ इन्नमा २४ करोड २४ लाख गरी आगामी १५ दिनमा २७ करोड सात लाख नाफा हुने निगमको प्रक्षेपण छ ।

निगमका अनुसार इण्डियत आयल कर्पाेरेशनलाई पेट्रोलिम पदार्थ खरिदबापतको रकम महिनामा दुईपटक भुत्तानी गर्नपर्ने प्रावधान छ । निगमले यही मे महिनाका लागि पहिलो किस्ता भुक्तानी गर्दा १२ अर्ब ८० करोड रुपैयाँ दिन नसकी बक्यौता रहेको जनाएको छ । दोस्रो किस्ताबापत आगामी मे २३ मा (जेठ १०) मा थप करिब १८ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

यो रकमको व्यवस्थापन गर्न आफूलाई चुनौती रहेको निगमले जनाएको छ । ‘तसर्थ पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था तथा बिक्री वितरण सहज बनाई राख्न निगमलाई नपुग रकम व्यवस्थापन गरी दिनुपर्ने वा सहुलियत ब्याजदरमा विभिन्न वित्तीय संस्थाहरुबाट ऋणको व्यवस्था मिलाई दिनुपर्ने अवस्था रहेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय १४ अमेरिकी डलर छ । एक ब्यारेलमा १५८.९८ लिटर हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..