वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रमुख (मेयर) पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेशमान सिंहको अग्रता कायम रहेको छ ।
पछिल्लो प्राप्त मतगणनाअनुसार सिहंले ८४७५ मत पाउदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय कुमार सरावगीले ३८१६ मत पाएका छ्न । यस्तै, राप्रपाका गिरिश गिरीले २८१ मत पाएका छन् ।
यस्तै, उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलमको अग्रता कायमै रहेको छ । उनले ३७२६ मत पाउँदा उनका प्रतिस्पर्धी पुरुषोत्तमलाल झा (लोसपा) ले ६३३ मत र विना जयसवार (राप्रपा)ले ३०५ र रम्भा मिश्र (स्वतन्त्र) ले ६२९ मत पाएका छन् ।
हालसम्म वडा नं १,२,३,४,३०,३१,३२ को
१७२३४ मतगणना सकिएको छ । मेयरतर्फको सदर मत १२६९९ र बदर मत ४५३५ रहेको छ । यस्तै, उपमेयरतर्फ सदर मत ७८५३ र बदरतर्फ ९३८१ रहेको छ ।


