धनगढीमा हमाल दोब्बर मतले अगाडि

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बरभन्दा धेरै मतले अग्रता बनाएका छन् । यहाँ कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट निवर्तमान मेयर नृपबहादुर वड उम्मेदवार छन् ।

तर, स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार वडले प्राप्त गरेकोभन्दा दोब्बर मतले अगाडि छन् ।हमालले ७ हजार ८१६ मत प्राप्त गर्दा कांग्रेसका निवर्तमान मेयर वडले ३ हजार ८७२ मत पाएका छन् । हमाल र वडबीचको मतान्तर ३ हजार ९ सय ४४ छ । अहिलेसम्म करिब २० हजार मतगणना हुँदा हमालले प्रतिस्पर्धीको मतभन्दा धेरै मतको अग्रता बनाएका हुन् ।


यहाँ एमालेका रनबहादुर चन्दले १ हजार ९२१ मतमात्रै प्राप्त गरेको छन् । उपमेयरमा भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारीले ३ हजार ४१६ मत पाएकी छिन् ।


एमालेकी कन्दकलाकुमारी रानाले ३ हजार ३०७ मत र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १९०० मत पाएका छन् । २०७४ को निर्वाचनमा यहाँ कांग्रेसले एकलौटीरुपमा जितेको थियो । त्यो बेला हमालले दोस्रो स्थान लिएका थिए । यसपटक कांग्रेसले अरु तीन दलसँग गठबन्धन गरेको छ । तर, पनि हमालले अग्रता बनाएका छन् । उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गरिसकेका हमाल यहाँ सामाजिक कार्य गरेर लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..