गोकुलगंगाको अध्यक्ष बने काजीबहादुर


रामेछाप । गोकुलगंगा गाउँपालिका, रामेछापको अध्यक्षमा नेपाली कांग्रेसका काजीबहादुर खड्का निर्वाचित भएका छन् ।


सोमबार सकिएको मत गणनामा खड्काले ६ हजार ९३ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत पाएका छन् भने एकीकृत समाजवादीका रुद्रप्रसाद फुँयालले २६३ मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसकै उषादेवी कार्की ५ हजार २५३ मतका साथ निर्वाचित भएकी छन् । एमालेकी राधिका श्रेष्ठले ४ हजार ६८६ र माओवादी केन्द्रका विष्णुबहादुर कार्कीले ११६७ मत पाएका छन् ।


एमाले उम्मेदवार सुनुवार निवर्तमान गाउँपालिका अध्यक्ष र राधिका निवर्तमान उपाध्यक्ष हुन् । तर दुबैले यो पटक जित निकाल्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..