सिद्धकुमाख गाउँपालिकामा कांग्रेसका गिरी विजयी

सल्यान । माओवादी र समाजवादीको गठबन्धनलाई पछि पार्दै सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्षमा कांग्रेसका भरत गिरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवार चित्रबहादुर चलाउनेलाई उनले पछि पारेका हुन् ।


विजयी गिरीले २ हजार १ सय ७३ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका चित्रबहादुर चलाउनेले १ हजार ७ सय ९८, एमालेका जीतबहादुर चलाउनेले १ हजार ३ सय ३५ मत ल्याए ।

मतगणनाका सुरुवाती समयमा समाजवादी अगाडि देखिए पनि पछिल्लो समयमा कांग्रेसले अग्रता लिएको थियो । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । माओवादीका विजयी उम्मेदवार रामबहादुर बस्नेतले २ हजार ३५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दवी कांग्रेसकी पुर्णिमा चलाउनेले १ हजार ९ सय ६३ मत ल्याएकी छिन् ।

निर्वाचन अधिकृतले शंकर प्रसाद अधिकारीले निर्वाचितलाई बुधबार प्रमाणपत्र दिने जानकारी गराए । जिल्लाका १० स्थानीय तह मध्ये अहिले कामुख, त्रिबेणी र सिद्धकुमाख गाउँपालिकामा जित हासिल गरेको छ । १० स्थानीय तहका ८३ वडामध्ये २३ वडामा कांग्रेसले अध्यक्षमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..