मुगुम कार्मारोंगको अध्यक्षमा पुन: कांग्रेसका छिरिङ क्याप्ने विजयी

मुगु । मुगुम कार्मारोंग गाउँपालिकाको अध्यक्षमा पुन: नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा विजयी भएका छन् ।उनले एमालेका सोनाम छिरिङ लामालाई ९० मतले पराजित गर्दै दोस्रो पटक गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
छिरिङ क्याप्नेले १५७१ मत ल्याएका छन् । उनका प्रस्पर्धीले १४८१ मत पाए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि क्याप्ने र सोनाम नै प्रतिसपर्धी थिए । त्यसबेला पनि छिरिङ क्याप्नेले सोनामलाई पारजित गरेका थिए ।


यस्तै, उपाअध्यक्षमा भने एमालेकी छिरिङ पुटिक तामाङले १५६१ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी माओवादीका गुरु स्यङ्ग्याप लामाले १३८५ मत पाए ।
यो गाउँपालिकामा कांग्रेसले ५ र एमालेले ४ वडामा जितेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..