मकवानपुर उपमहानगर प्रमुखमा राप्रपाका उम्मेदवार सिंह अग्रस्थानमा

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राप्रपाका दिपक सिंहको अग्रता कायमै रहको छ । पछिल्लो मत परिणाम अनुसार ९ हजार ९०३ मत गणना गर्दा उनले ३ हजार ४० मत पाएका छन् ।

उनलाई गठबन्धनकी साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मिनाकुमारी लामाले २ हजार ९ सय ६३ मतका साथ पछ्याइरहेकी छन् ।

साथै एमालेका उम्मेदवार अनन्त पौडेलले २६७४ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँले ४ हजार ४४७ मतसहित अग्रता कायम गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी सुमित्रा काफ्लेले ३ हजार ३१० पाएकी छन् । उता राप्रपाकी इन्दिरा डल्लाकोटीले भने ८९१ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..