वीरगञ्ज महानगरपालिकामा राजेशमानलाई १५४६ मतको अग्रता


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले झण्डै १६०० मतले अग्रता लिएका छन् ।


सिंहले २८३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १२८६ मत ल्याएका छन् । राप्रपाका गिरीश गिरीले ८६ मत पाएका छन् ।


त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले २०२५ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३३१ मत पाएका छन् ।

वीरगञ्जमा सत्तारुढ गठबन्धनले मेयरमा जसपा उम्मेदवार र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका थिए । त्यस्तै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले पनि तालमेल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..