सल्यानका दुई स्थानीय तहमा नेपाली काग्रेस निर्वाचित

सल्यान । सल्यानका दुई स्थानीय तहमा नेपाली काग्रेस निर्वाचित भएको छ । जिल्लाको कुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिकामा नेपाली काग्रेस निर्वाचित भएको हो ।
कुमाख गाउँपालिकामा नेपाली काग्रेसका मान वहादुर वुढाथोकीले ४ हजार ५८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४ हजार १२ मत प्राप्त गरेका छन् ।


यस्तै उपाध्यक्षमा एमालेका लाल वहादुर रावत विजयी भएका छन् । उनले ४ हजार १ सय ४३ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् ।


कुमाख गाउँपालिकामा नेपाली काग्रेसले सत्ता गठवन्धन छोडेर एमालेसंग गठवन्धन गरेको थियो । कुमाख गाउँपालिकामा काग्रेसले तीन वटा वडामा विजय भएको छ भने माओवादी चार वडामा विजय भएको छ । यस अघि कुमाख गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको थियो ।


यस्तै त्रिवेणी गाउँपालिकामा नेपाली काग्रेसका खिम बहादुर रावत विजय हुनु भएका छन् । रावतले ३ हजार ३ सय ६९ मत प्राप्त गरी विजयी हुनु भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एकिकृत समाजवादीका डिल्ली केसीले २ हजार ९७ मत प्राप्त गरेका छन् । यस अघिको निर्वाचनमा त्रिवेणीमा काग्रेस विजयी भएको थियो ।


उपाध्यक्षमा काग्रेसकै सिता खडका निर्वाचित भएकी छिन । उनले ३ हजार १ सय ८६ मत ल्याएर निर्वाचित हुनु भएकी हुन । उनको निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका राजेन्द्र कुमार थापाले २ हजार ३५ मत प्राप्त गरेका छन । त्रिवेणी गाउँपालिकाका ४ वडामा नेपाली काग्रेस विजयी भएको छ भने २ वडामा भने नेकपा एमाले विजयी भएको छ ।


यसैवीच सल्यानमा दुई नगरपालिका सहित ५ वटा स्थानीय तहमा माओवादी केन्द्रको अग्रता रहेको छ । नेपाली काग्रेसको १ नगरपालिका सहित २ स्थानीय तहमा र १ समाजबादीको अग्रता कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..