जहाँ मत गन्यो त्यहीँ बालेन अगाडी, तेस्रोमा झरे स्थापित

काठमाडौँ । काठमाडौं महानगरपालिकामा ६ स्थानबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानसम्म पाँच स्थानमा मात्रै मतगणना भइरहेकोमा आइतबार दिउँसोदेखि ६ स्थानबाट मतगणना सुरू गरिएको हो ।

नयाँ ठाउँबाट वडा नम्बर ३१ को मतगणना थालिएको छ । यसअघि वडा नम्बर १, २, ३, ४ र ३२ वडाको मतगणना भइरहेको थियो ।

‘६ वटा वडाको मतगणना भइरहेको छ । तीमध्ये केही वडाको अन्तिम परिणाम आउने अवस्था छ, हामी केहीबेरमा सार्वजनिक गर्छौं,’ सहयाक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिए ।

महानगरपालिकाको मेयरमा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् ।

साहले २८ सय २० मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५ सय ७ मतसहित पछ्याइरहेकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४ सय ४९ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..