भरतपुरमा एमालेले राप्रपालाई धोका दियो

काठमाडौं । स्थानीय तहको चुनावी परिणाम आउनेक्रममा विभिन्न रोचक दृश्यहरू देखिएका छन् । दलहरुले एक अर्कालाई दिएको धोकाधडी देखि अन्तर्घातसम्मका दृश्यले निर्वाचनलाई थप रोचक बनाएको छ ।

देशैभर निर्वाचन भएपनि सबैभन्दा चर्चामा रहेका काठमाडौं महानगर र भरतपुर महानगरमा केही फरक परिणाम देखिएका छन् । भरतपुर महानगरको मेयर पदलाई सत्ता गठबन्धन र एमालेले प्रतिष्ठाका विषय बनाएका बेला एमालेले गठबन्धन गरेको राप्रपालाई नै ढोका दिएको भेटिएको छ ।

भरतपुर महानगरको उपमेयर राप्रपालाई दिएर एमालेले गठबन्धनलाई चुनौती दिने भनिए पनि राप्राको मत लिएर एमालेले भने राप्रपालाई मत नदिएको भेटिएको छ । सत्ता गठबन्धनका पाँच दलविरुद्ध एमाले र राप्रपावीच चितवनमा गरेको भरतपुरमा अप्ठ्यारोमा साथ दिएको राप्रपालाई एमालेले मतदानका क्रममा भने धोका दिएको छ ।

प्रारम्भिक मत गणना परिणाममा एमालेका मेयरका उम्मेदवार विजयी सुवेदी गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पछ्याइरहेका छन् । एमालेबाट मेयरका उम्मेदवार सुवेदीले आफ्नै प्यानलका उपमेयरका उम्मेदवारसँगको मत अन्तर पनि बढाइरहेका छन् ।

सुवेदीले १०८७ मत प्राप्त गर्दा राप्रपाका उपमेयरका उम्मेदवार हिमला गुरुङले ८ सय ७७ मत पाएकी छिन् । यो तथ्यांकले के देखाउँछ भने, एक हजार मतदातामा कम्तीमा २ सय एमालेका कार्यकर्ता तथा मतदाताले राप्रपालाई मत दिएनन् । तर राप्रपाका हरेक मतदाताले एमालेलाई मत दिए ।

कांग्रेसबाट मेयरमा बागी उम्मेदवार उठेकाले कांग्रेसको मत क्रस हुन स्वभाविक नै हो । तर एमालेका कार्यकर्ताले भने सत्ता गठबन्धन विरुद्ध साथ दिएको राप्रपालाई ठूलो धोका दिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..