जोशीलाई पोखरा लगियो


तनहुँ । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ ।


दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि पोखरा लगिएको हो ।यसअघि हेलिकप्टरबाट काठमाडौं लैजाने भने पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि जोशीलाई सडक मार्ग हुँदै पोखरा लगिएको हो ।

ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि आक्रमण भएको थियो । उनले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।

कांग्रेसले भने जोशीले मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण गरेको बताएको छ । कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..