ओलीको गृहनगरमा एमालेको अग्रता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारले अग्रता लिएको छ ।

प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मतसहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेदवार राम थापाले १२० मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ ।

उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनकी रेगिना भट्टराईले १३२ मत ल्याउँदा एमाले उम्मेदवार अम्बिका खनालले ११० मत पाएका छन् । अहिलेसम्म ३०० मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..