२८ पालिकाका ७७ मतदान केन्द्रमा पुन : मतदान हुने

काठमाडौं । विभिन्न कारणले स्थगित भएका ७७ मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ। १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा पुन मतदान हुने भएको निर्वाचन आयोगले जनाएको छ।


आयोगका अनुसार जुम्लाको गुठिचौर, काभ्रेको पाँचखाल, रौतहटको फटुवा विजयपुर, सप्तरीको डाक्नेश्वरी, रामेछापको खाँडादेवीलगायतका विभिन्न मतदान स्थलमा पुनः मतदान हुने भएको हो।

निर्वाचन आयोगका अनुसार विभिन्न विवादका कारण यी क्षेत्रमा मतदान स्थगित भएको हो। एक साताभित्रै यी क्षेत्रमा पुनः मतदान गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..