निर्वाचन आयोगले भन्यो,‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’

काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।

आयोगले बुधबार विज्ञप्तीमा जारी गरेर मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश गर्न नदिन मतदान अधिकृतलाई निर्देशन दिएको हो ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु हुदैन ।’


त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मत पत्रलगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै बस्तु लैजान नपाइने पनि आयोगले विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।


यसका साथै महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नावालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको पनि आयोगले जानकारी गराएको छ ।


मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोगले अपील पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..