यो चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँका रूपमा अर्थाएका छन्।

आज एक अपिल जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमनलाई साथ दिन पनि आग्रह गरेका छन्। ‘हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएका छौं,’ उनले भनेका छन्।


प्रचण्डले यथास्थितिमै रूमल्लिन रहर नभएको पनि बताएका छन्।उनले अग्रगमन र प्रतिगमनको यो लडाइँमा माओवादी र गठबन्धनका उम्मेदवारलाई मत दिन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..