पुटिनकी ‘प्रेमिका’लाई युरोपेली संघले प्रतिबन्ध लगाउन सक्ने

मस्को । युक्रेनमा भएको आक्रमणपछि अमेरिका र धेरै युरोपेली देशहरूले रुसमाथि प्रतिबन्ध लगाएका छन्।  प्रतिबन्ध आर्थिक, व्यावसायिक र राजनीतिक क्षेत्रका छन्।

अहिलेसम्म यी प्रतिबन्धहरू रुसी राष्ट्रपति पुटिन, उनका नजिकका साथीहरू, रुसी राजकुमार र पुटिनकी छोरीहरूलाई मात्र लगाइएको थियो । तर अब भने पुटिनकी प्रेमिका एलिनालाई पनि प्रतिबन्ध लगाउन सक्ने भनिएको छ।

एलिनालाई रुसको ‘सिक्रेट फर्स्ट लेडी’ भनिन्छ। एलिना जिमनास्ट थिइन्। उनले २००४ को एथेन्स ओलम्पिकमा स्वर्ण पदक पनि जितेकी थिइन्।

सन् २००५ पछि उनी विस्तारै राजनीतिमा आइन् र उनको नाम राष्ट्रपति पुटिनसँग जोडिन थाल्यो। उनी युनाइटेड रसिया पार्टीको प्रतिनिधित्व गर्दै रुसी संसदको तल्लो सदन डुमामा पनि निर्वाचित भएकी छिन्।
 
युरोपियन युनियनले एलिनालाई प्रतिबन्ध लगाउने कुरा समाचारहरुमा उल्लेख छ। युरोपेली संघले पुटिन र उनका नजिकका सहयोगीहरूमाथि धेरै थरिका प्रतिबन्धहरू लगाएको छ।

गत महिना, संयुक्त राज्य अमेरिका र बेलायतले पुटिनकी छोरी मारिया र क्याट्रिनामाथि प्रतिबन्ध लगाएका थिए, तर एलिनामाथि हालसम्म कुनै प्रतिबन्ध लगाइएको छैन। तर अहिले भने एलिनाको नाम युरोपियन युनियनले प्रतिबन्ध लगाउने व्यक्तिहरूको सूचीमा राखेको छ।

क्रेमलिनको प्रोपगान्डामा उनको भूमिका महत्त्वपूर्ण भएकोले र राष्ट्रपति पुटिनसँगको निकट भएकोले उनको नाम पनि सूचीमा पर्न सक्छ। यद्यपि, युरोपेली संघले उक्त प्रस्तावमा आधिकारिक रूपमा हस्ताक्षर गरेको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..