किनिए २ रेल, चल्ने एउटा मात्र

काठमाडौं । जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ ।

सेवा सञ्चालनका लागि दुईवटा रेल सेट खरिद गरिए पनि अहिलेसम्म एउटा रेल मात्र व्यावसायिक रूपमा गुड्न सकेको छ । एक अर्ब तीन करोड रुपियाँमा किनिएका दुई रेलमध्ये एउटा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७८ चैत १९ गते संयुक्त रूपमा भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गरिएको थियो। त्यसपछि चैत २० गतेदेखि दुईवटामध्ये एउटा रेल यात्रुसहित व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो ।

दुई सेट रेलमध्ये अहिलेसम्म अर्को रेल किन सञ्चालनमा आउन सकेन भन्ने जिज्ञासामा रेल विभागका महानिर्देशक दीपक भट्टराईले सो रेल्वे खण्डमा मात्र एक सेट रेल नै सञ्चालनमा आउने स्पष्ट पारे । उनले भने, “दुईवटा रेल सेटमध्ये एउटा ‘सर्भिसिङ’ मा गएपछि मात्र अर्को सञ्चालनमा ल्याइने हो ।

अहिले सञ्चालनमा रहेको रेल ‘सर्भिसिङ’ वा मर्मत सम्भारमा गएपछि मात्र पार्किङमा राखिएको रेल सञ्चालनमा आउने हो ।’’ उनले अगाडी भने, “दुईवटा रेल ल्याएका कारण नै त्यही हो । एउटा चल्ने अर्को स्ट्यान्डबाई बस्ने हो । एउटा सर्भिसिङमा गएको बेला अर्को चल्ने हो । सिस्टमै त्यही हो । सर्भिसिङमा गएको बेला वा बिग्रेको बेला सेवा रोक्ने कुरा त हुँदैन नि । त्यही भएर एउटा स्ट्यान्डबाई राखिएको हो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..