नेपाल वायु सेवा निगमका अध्यक्ष युवराजको कार्यकक्षमा लगाईएको ताला कर्मचारीले नै फोडे

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा असन्तुष्ट कर्मचारीहरुले लगाएको ताला निगमकै कर्मचारीहरुले फुटाएका छन् । हिजो (सोमबार) अध्यक्ष अधिकारीको कार्यकक्षमा ताला लगाएको समाचार आएका थिए ।

तर, आज विहानै अध्यक्षको कार्यकक्षको ताला खोलिएको । अधिकारी नियमित काममा फर्किएका छन् । अधिकारी निगमको नेतृत्वमा आएदेखि नै उनले संस्थाको बृहत्तर हित हुनेगरि काम गरेका छन् । उनले कर्मचारीहरुलाई पनि सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिन निर्देशन दिँदै आएका छन् ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले र कार्यकारी अधिकारीबीच सम्बन्ध चिसिएको छ । मन्त्री आलेकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाउने काम भएको निगमभित्र चर्चासमेत चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..