Breaking News…..विराटनगर विमानस्थलमा जहाज दुर्घटना


विराटनगर । विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास गरिएको छ । आईतबार विहान जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरिएको थियो ।


विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको एक्सरसाइज एयर–००४ कल साइन भएको जहाज चरासँग ठोक्किएपछि पुनः विराटनगरमै आपतकालीन अवतरण गराउनु पर्दा दुुर्घटना भएर जहाजमा आगो लागेको र धुवाँको मुस्लो छुटेको देखाइएको थियो । त्यसअघि नै विमानस्थलले जहाज आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सबै तयारी गरेको थियो ।

काल्पनीक जहाज दुर्घटनामा ४ जना यात्रुको मृत्यु भएको र ५ जना गम्भीर घाइते तथा अन्य सामान्य घाइते भएको देखाइएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।


विमानस्थलका प्रमुख उत्सवराज खरेलले जहाज दुर्घटना भएका बेलाको सम्भावित क्षति कम गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उद्धारको अभ्यास गरिएको बताउनु भयो । उद्धार अभ्यासका क्रममा आधा दर्जनभन्दा बढी एम्बुलेन्स, दमकल, ठूलो संख्यामा सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी र एयरलाइन्सका कर्मचारी परिचालन गरिएको थियो । साइरन बजाउँदै दमकल र एम्बुलेन्स दौडदा वरपर त्रास फैलिएको थियो । दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रत्येक २ वर्षमा यस्तो अभ्यास गर्ने गरिएको खरेलको भनाइ छ ।


मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनीकरण तयारीको स्तर वृद्धि गर्न, उद्धारलाई प्रभावकारी बनाउन तथा उद्धारकर्मीको क्षमता बढाउन उद्धार अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..