राजस्व अनुसन्धान कार्यालय पथलैयामा आधा दर्जन ट्रक ,व्यापारीमा खैलबैला

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयामा  आधा दर्जनभन्दा बढी ट्रक अनुसन्धानकै क्रममा छन । विभिन्न सामानले भरीभराउ ति आधा दर्जनभन्दा बढीट्रकहरु केहि दिन अगाडि राजस्व अनुसन्धान कार्यालय पथलैया पुर्‍याइएका हुन ।

आधा दर्जन ट्रक मध्ये केहि ट्रक प्रहरीले समाएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो भने  केहि ट्रक राजश्व अनुसन्धानले आफै समाएर पथलैया कार्यालय लगेको हो । राजस्व अनुसन्धान कार्यालय पथलैयामा  रहेका ट्रकमा विभिन्न ट्रान्सपोर्ट कम्पनीहरुले राजस्व छलीका विभिन्न सामान ल्याएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक कर्मचारीले नयाँंसडकलाई बताए ।

मोटर पार्टस, कपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स आइटम तथा अन्य विभिन्न प्रकारका विभिन्न पार्टीहरुकाका सामान ति ट्रकमा भएको बताईएको छ । ठूलो मात्रामा राजश्व छलीका सामान ल्याउनेहरुमा जय माँ दुर्गा ,पाथीभरा,बजरंगबली ट्रान्सपोर्ट कम्पनी र एन के लजेष्ट्रीक रहेको बताईएको छ । राजश्व कार्यलयमा रहेका ट्रकहरु पनि जय माँ दुर्गा ,पाथीभरा,बजरंगबली ट्रान्सपोर्ट कम्पनी र के लजेष्ट्रीक कै स्वामित्वमा रहेको बताईएको छ ।

दर्जन भन्दा बढी व्यापारीक फर्म र व्यक्तिहरुको सामान रहेकोले अनुसन्धान भै रहेको पथलैया कार्यलयका कार्यालय प्र्मुख कृष्ण प्रसाद पाण्डेले बताए । पछिल्लो समय वीरगन्ज र आसपासका क्षेत्रबाट अवैध कारोबार फस्टाएको छ ।

कारोबारीका अनुसार भारतबाट न्यून बिजकीकरण र भन्सार राजस्व छली भित्रिएका वस्तु वीरगन्ज ल्याएर नारायणगढ, पोखरालगायत सहरमा पठाउने गरिएको छ । ‘अवैध रूपले वीरगन्ज भित्रिएका वस्तुको बिलबिजक काटेर सपोर्टिङमा पुरानो प्रज्ञापनपत्र राखेर विभिन्न सहर पठाउने क्रम बढेको बताइन्छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..