आचारसंहिता उल्लंघन गर्ने २ नेता र ३ पार्टीलाई आयोगले गरायो सचेत

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई नेता र तीन राजनीतिक दललाई सचेत गराएको छ।

अघिल्लो चुनावमा खर्चको गलत विवरण बुझाएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला र गण्डकी प्रदेशका सभामुख
नेत्रनाथ अधिकारीलाई सचेत गराएको हो। यस्तै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई सचेत गराएको हो।

‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपियाँ आयोगमा रहेको अभिलेखबाट
देखिएको छ’,  आयोगले भनेको छ, ‘माननीय शशांक कोइरालाले उक्त निर्वाचनमा आफूले ६ करोड खर्च गरेको भनी दिनुभएको अभिव्यक्ति विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट संप्रेषित भई आयोगलाई जानकारी हुन आएको छ।’

यस्तै अधिकारीले पनि अभिलेखअनुसारको निर्वाचन खर्चको रकम र हाल व्यक्त गरेको अभिव्यक्ति एकआपसमा फरक भएको आयोगले जनाएको छ। ‘आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त व्यहोराको जानकारी सम्बन्धित व्यक्तिलाई गराउने’ आदेशमा भनिएको छ।

आचारसंहिता उल्लंघन गरेको भनी नेकपा माओवादी केन्द्रले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोष्टर तयार गरेको विषयमा सचेत गराएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता प्रतिकूल दलको झण्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गर्दा आचारसंहिता विपरीत काम भएको ठहर गरेको छ। 

यस्तै गत चैत २७ गते मकवानपुरको हेटौंडामा राप्रपाले गरेको कार्यक्रममा आचारसंहिताविपरीत झण्डा र बालबालिकाको प्रयोग भएको विषयमा पनि आयोगले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..