मौसममा तीनवटा वायु प्रणालीको प्रभाव, कहाँ-कहाँ हुँदैछ वर्षा ?

काठमाडाैँ । हाल नेपालको मौसमी प्रणालीमा तीनवटा वायु् प्रणालीको प्रभाव देखिएको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू–भागसम्म बनेको न्यून चापीय वायु प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावका कारण शुक्रबारदेखि नै मुलुकभर मौसम बदली भएको छ । जसका कारण विभिन्न भूभागमा वर्षा भइरहेकाे छ ।

आज पनि देशभर मौसम बदली रहने र विभिन्न भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । अहिले काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा तथा कर्णाली र मधेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..