निषेधित लागुऔषध सहित पक्राउ


बिराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपाल आउदै गरेका मोरङ बेलबारी नगरपालिका-३ का ३८ बर्षीय सतिष कुमार सुवेदीको साथबाट लुपिजेसिक-७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल सहित बरामद गरेको हो, यसै गरी सुनसरीको बराहक्षेत्र-४ स्थितमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३६प ७६०३ नम्वरको मोटरसाईकलमा सवार रहेका भारत बिहारका ४० बर्षीय जमिर मन्सुरी र देवानगंज-४ सुनसरीका ४० बर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल ११०० क्यापसुल बरामद गरेको हो ।

निषेधित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..