ब्ल्याकमेल गर्नेसँग ७० हजार धरौटी माग


काठमाडौं । महिलासँगको गोप्य तस्विर सामाजिक सञ्जालमा राखेर ‘भाइरल बनाउँछु’ भन्दै व्ल्याकमेल गर्ने युवक धरौटीमा रिहा भएका छन् । चैत २० मा जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं–१६ पकनाजोल घर भएका २६ वर्षीय अकिल अख्तरलाई पक्रेर मुद्दा चलाएको थियो ।


विद्युतीय कारोवार ऐन–२०६३ अनुसारको कसुरमा जिल्ला अदालत काठमाडौंले अख्तरसँग ७० हजार धरौटी मागेको छ । धरौटी रकम बुझाएर उनी हिरासतबाट छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।


महिलासँगको गोप्य तस्बिर अकिल अख्तरले निजको श्रीमानलाई पठाएर पारिवारिक बिग्रह ल्याइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..