काठमाडौं । स्थानीय तहको बिभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या १ लाख ४१ हजार पुगेको छ ।
निर्वाचन आयोगले बिहान १०:३० बजे अध्यावधिक विवरण दिँदै मनोनयन दर्ता गर्नेहरुको संख्या १ लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको हो ।
महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा ३ हजार ३१८, नगर उपप्रमुखमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा ३ हजार ३०६ जनाको र उपाध्यक्षमा २ हजार ३४३ जनाको उम्मेदवारी परेको छ ।
वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।


