सिराहाको लहानमा प्रहरी र नेकपा एसका कार्यकर्ताबीच झडप

सिराहा । सिरहाको लहान नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एकिकृत समाजवादीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

उम्मेदवारी दर्ता गराएपनि निस्सा नदिएको भन्दै एकिकृत समाजवादीका कार्यकर्ताहरु ढुंगामुढा गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो । सो क्रममा एकिकृत समाजवादीका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड गरेका छन् ।

‘समयमै उम्मेदवारी दर्ता गराएका थियौं’, एकिकृत समाजवादीका नेता सत्यनारायण यादवले भने, ‘तर मुनी साहले नगरपालिकामा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयमा राखेपछि उनीहरुले फायलहरु नै गायब गरे । डिएसपीलाई भनेर फाइल खोज्न लगाएपछि सिस्टम नै काम नगरेको भन्दै निर्वाचन अधिकृतले निस्सा दिन मानेका छैन् । सोही कारण आक्रोशित बनेका कार्यकर्ताहरु सामान्य तोडफोड गरेका छन् ।’

मुनी सह लहानका निवर्तमान मेयर हुन् । गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित उनी पुनस् एमालेबाटै मेयरमा उम्मेदवारी दिएका छन् । मेयर हुंदा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयले राखेका कारण उनीहरु एकिकृत समाजवादीका उम्मेदवारहरुलाई उम्मेदवारी दर्तामा समस्यामा पारेको आरोप लागेको छ।

निर्वाचन अधिकृत गोविन्द पोखरेलले राति अबेरसम्म उम्मेदवारी दर्ताको काम नसकेको र विहान सिस्टममा समस्या आएपछि केहि उम्मेदवार निस्सा नपाएको बताए । उनले भने, ‘अहिले श्रीमानले निस्सा दिन भन्नुभएको छ । उम्मेदवारी दर्ता गराएका उम्मेदवारले अब निस्सा पाउनुहुन्छ ।

एकिकृत समाजवादीका ८ उम्मेदवारले उम्मेदवारी दर्ताको निस्सा नपाएको बुझिएको छ । झडपपछि अहिले निर्वाचन अधिकृतले कार्यालयमा सुरक्षा कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..