डीआईजी सिंहले सम्हाले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुजा सिंहले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकि छिन् ।

बागमती प्रदेश प्रहरी प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक पुजा सिंहले आफ्नो पदभार ग्रहण गरेकी हुन । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७९ वैशाख ०९ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक सिंहको बागमती प्रदेश प्रहरी कार्यालयमा हेटौंडा सरुवा भएको थियो ।

तत्कालिन बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाश कार्कीको सरुवा गरेर उनको ठाउँमा पुजा सिंहलाई पदस्थापन गरिएको थियो ।

डीआईजी पुजा सिंहले बागमती प्रहरी प्रदेश हेटौंडा पुगेर सोमबारदेखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेकी हुन् । डीआईजी पुजा सिंहलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक,प्रहरी नायब उपरीक्षक लगायतका प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..