भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उनले मनोयन दर्ता गराएका हुन् ।

पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। सुवेदीको प्रस्तावकमा नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली र समर्थकमा एमाले नेता कृष्णभक्त पोखरेल रहेका छन् ।

मनोनयनपछि सुवेदीले चितवनले राजनीतिक आन्दोलनको नेतृत्व गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताए। मनोनयन दर्ता गर्नुअघि सुवेदीले पार्टी कार्यालय पसिरमा रहेको मदन भण्डारी र जीवराज आश्रित तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गएर बिपी कोइरालाको शालिकमा माल्यापर्ण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..