वीरगञ्जको मेयरमा जसपाका सिंह

उपमेयरमा कांग्रेसका आलमले गरे उम्मेदवारी दर्ता


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।


उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले वीरगञ्जको समृद्धि, पहिचान र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।
टिकट पाउनका लागि पार्टी फेरबदल गरेको आरोप छ नि भन्ने पत्रकारको प्रश्नमा सिंहले भने, ‘पार्टीले विश्वास गरेर मलाई टिकट दिएको छ । पार्टीले नदिएको भए सायद लड्ने थिएन होला ।

भाग्य बलियो रहेछ । मेयर हाम्रै पार्टीको भागमा पर्‍यो । त्यसैले मेयरकै लागि पार्टी फेरबदल गरेको भन्ने कुरा हवादारी मात्रै हो ।’मेयरको टिकट पाउने पक्का भएपछि सिंह लोकतान्त्रिक समाजवादी (लोसपा) परित्याग गरी जसपामा प्रवेश गरेका थिए । जसपा प्रवेश गर्नुअघि सिंह एमाले जाने तयारीमा थिए ।

तर जसपाबाट विजयकुमार सरावगी एमालेमा प्रवेश गरेपछि उनी जसपामा प्रवेश गरेका थिए । जसपा छोडेका सरावगीलाई एमालेले वीरगञ्ज महानगरको मेयरको उम्मेदवार बनाइ सकेको छ ।गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरको उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..