रुसले औल्यायो आणविक युद्धको खतरा

एजेन्सी । रुसले आणविक युद्धको खतरा औल्याएको छ । रुस आणविक युद्धको पक्षमा नभएको तर खतरा बढेको रुसी विदेशमन्त्री सेरगेई लाभरोभले बताएका छन् ।

लाभरोभले गएराति रसिया फष्ट च्यानलमा अन्तवार्ता दिदै आणविक युद्धको पक्षमा आफूहरु नरहेको तर कतिपयले यसको चाहना राखेको बताए । उनको स्पष्ट संकेत अमेरिकासहित पश्चिमा देशहरुप्रति थियो ।

आणविक युद्धको खतरा औल्याउँदै लाभरोभले भने, ‘खतरा गम्भीर खालको छ । यसलाई नदरअन्दाज गर्न मिल्दैन ।’

रुसले कृत्तिम रुपमा खडा गरिएको आणविक युद्धको खतरा हटाउन खोजेको तर्क गरे । उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्झौता गर्ने नाटक गरेर कलाकारिता गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..