सकारी जग्गा हिनामिना गर्नेमाथि कठोर बन्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ ।

तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गरेको हो ।

२०६४ पुस ६ गतको निर्णयबाट नौ जना कर्मचारीलाई १० कठ्ठा चार धुर जग्गा वितरण गरिएको भन्दै आयोगले २९ लाख ७४ हजार बिगो दाबीसहित समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरू, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत १ सय ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालीन महेन्द्र नगर विकास समितिका अध्यक्ष गोपाल रसाइलीविरुद्ध २ करोड २१ लाख ९७ हजार ४ सय रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।

त्यस्तै, तत्कालीन अध्यक्ष पिन्टु रानाविरुद्ध ७३ लाख १० हजार ८ सय रुपैयाँ, तत्कालीन नायब सुब्बा पुष्पराज भट्टविरुद्ध ३० लाख ७२ हजार ९ सय ३८ रुपैयाँ बिगो दाबीसहित अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यस्तै तत्कालीन अमिन तुलादत्त जोशीसँग ३ करोड ८ लाख ५ हजार ७ सय रुपैयाँ, तत्कालीन मालपोत अधिकृतसँग कृष्णकुमार निरौलासँग ७२ लाख २ हजार ४ सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ ।

तत्कालीन मालपोत कार्यालय कञ्चनपुरका प्रमुख विशनसिंह थापाविरुद्ध १ करोड ४९ लाख ८१ हजार ३८ रुपैयाँ, शाखा अधिकृत दलजित भट्टसँग ८८ लाख ७५ हजार बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ । यसै गरि मतियार भएर काम गरेको भन्दै आयोगले मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन शाखा अधिकृत जयबहादुर विष्टलाई १ करोड ३१ लाख ९५ हजार ८ सय १९ रुपैयाँ, मतियार भएर काम गरेको अभियोगमा शाखा अधिकृत दिलाराज पन्तसँग २३ लाख ३३ हजार ४ सय रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

त्यस्तै, मतियारकै रूपमा तत्कालीन नायब सुब्बाहरू गणेशबहादु ऐर, नयन सिंह कुँवरविरुद्ध पनि मुद्दा दायर भएको छ । त्यस्तै, मतियारका रूपमा खरिदारहरू नमराज भट्ट, नरेन्द्रबहादुर ऐरविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष कान्तुराम पनेरूविरुद्ध २९ लाख ७४ हजार ३ सय ६० रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यस्तै, तत्कालीन नायब सुब्बा पुष्पराज भट्ट र सदस्य सचिव चन्द्रप्रसाद चौधरीलाई जनही २९ लाख ७४ हजार ३ सय ६० रुपैयाँ असुलउपर गर्दै सोहीबराबरको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तत्कालीन इन्जिनियर मोहनदेव भट्टविरुद्ध ३ लाख ४ हजार ८ सय ३७ रुपैयाँ, खरिदार लक्ष्मणदत्त जोशीलाई ३ लाख ८६ हजार १ सय ८७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ । अमिन दुर्गाप्रसाद पनेरू, कार्यालय सहयोगी हर्क नारायण जोशी, तत्कालीन सुपरभाइजर गंगादत्त भट्ट र कम्प्युटर अपरेटर लालबहादुर ओखेडा त्यस्तै तत्कालीन मालपोत अधिकृत विशन सिंह थापा र तत्कालीन शाखा अधिकृत दलजित भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..