मधेस प्रदेशकी पूर्वराज्यमन्त्री डिम्पल झाको निधन

काठमाडौं । मधेस प्रदेशकी पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको निधन भएको छ।उनको आज बिहान काठमाडौं रानीबारिस्थित निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

झा क्यान्सर रोगबाट पीडित थिइन्। ‘उहाँ दुईवर्ष देखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो,’लोसपाका कार्यकारिणी सदस्य केशव झाले भने,‘एकदुई महिना अघि पनि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको उपचार गरिएको थियो।’

कार्यकारिणी सदस्य झाका अनुसार चिकित्सकले नै घरमै राखेर रेखदेख गर्न सल्लाह दिएका थिए। पूर्व संविधानसभा सदस्य समेत रहेकी झा मधेस प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी थिइन्। उनी मधेस प्रदेश सभा सदस्य समेत हुन्।

डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन्।मृतक झाको पार्थीव शरीर गृहनगर रौतहट लगेर दाहसंस्कार गरिने भएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..