युद्ध अन्त्यका लागि वार्ता गर्न रुसलाई युक्रेनी राष्ट्रपति जेलेन्सकीको आग्रह

युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदामिर जेलेन्सकीले युद्ध अन्त्यको विषयमा पुनः वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गर्नुभएको छ ।

झन्डै २ महिनादेखि जारी युद्धको कुनै परिणाम निस्कन नसकेको र लाखौं मानिस प्रभावित भएका कारण युद्ध अन्त्यका लागि जेलेन्सकीले वार्ताका लागि आग्रह गर्नुभएको हो ।

यसअघि भएका वार्ताहरूबाट कुनै निष्कर्ष निस्कन नसक्दा युद्ध जारी नै छ । युक्रेन र रुस युद्धको आज दुई महिना पूरा भएको छ ।

यस अवधिमा १ करोडभन्दा बढी मानिस युक्रेनबाट पलायन भएका छन् भने रुसले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनाउँदै मारिओपोल सहरमाथि कब्जा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..