ठूलो परिमाणमा अवैध चाँदीका गरगहना सहित एक भारतीय नागरिक पक्राउ

सिराहा । अवैध रुपमा नेपाल ल्याउँदै गरेको ठुलो परिमाणमा चाँदीका गरगहना सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भन्सार छलेर ल्याएको ठूलो परिमाणको चाँदीका गहना सहित भारतको मधुवनी जिल्लाको रोगनीदेहट टोल हरिनगर १ बस्ने सुरज कामतको छोरा अ.वर्ष २१ को चन्दन कामतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

शंका लागी चेकजाच गर्दा सेतो हरियो गम्छालाई सिलाई गरी थैलो बनाई कम्मरमा बाँधि लुकाई छिपाई अबैध रुपमा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा फेला पारि उक्त थैलो खोली हेर्दा लुकाएर राखेको अवस्थामा चाँदीका गहना बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट १ सय ३७ तोला चाँदीको गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी तिमिल्सिनाले जानकारी दिए ।

चाँदीको गरगहना र मानिससहित पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय ठाडी बुझाएको सिराहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..