कांग्रेसबाट वीरगञ्जको उपमेयर उम्मेदवारमा १३ जना सिफारिस

वीरगञ्ज । नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरपालिकाको उपमेयरका लागि १३ जनाको नाम सिफारिस भएको छ । वीरगञ्ज महानगर कमिटीले आकांक्षी १३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको हो ।केन्द्रबाट गठबन्धन गर्दा वीरगञ्ज महानगरपालिकामा कांग्रेसले उप मेयर पाएको छ ।

गठबन्धनबाट उपमेयरको उम्मेदवार बन्न पाउँदा जित्ने सम्भावना बढी हुने भएपछि आकांक्षी बढी देखिएका हुन् ।उपमेयरका लागि हालकी उपमेयर शान्ति कार्की, जिल्ला सचिव इम्तियाज आलम, नेतृ डाक्टर सुस्मा तिवारी, नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ, क्षेत्रीय सभापति महम्मद साहवुदिन, कार्यपालिका सदस्य अरविन्द गुप्ता, महानगरका पूर्सवभापति भोला कलवार, नेता राजु गुप्ता, नेतृहरु किरण सरकार, रुपा श्रेष्ठ, विद्या श्रेष्ठको नाम सिफारिस भएको नेपाली कांग्रेस महानगरपालिका समिति स्रोतले जनाएको छ ।

मेयरका आकांक्षीहरु पनि उपमेयरमा दाबेदारी दिन आएपछि आकांक्षीको संख्या बढी देखिएको हो । नेताहरू नरेन्द्र साह, प्रकाश उपाध्याय, विजय सर्राफ मेयरका आकांक्षी थिए । मेयर जसपाको भागमा परेपछि उनीहरुले उप मेयरमा दाबेदारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..