काठमाडौं–रियाद निगमको उडान सुरु


काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद नियमित व्यवसायिक उडान शुक्रबारदेखि गतेदेखि सुरु गरेको छ । नेपाली श्रमिकहरुको महत्त्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा २ वटा उडान सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रियादको लागि निगमको पहिलो उडान बेलुका १९ः१५ बजे प्रस्थान गरेको छ ।


निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि फागुन २२ गते उडान अनुमति प्राप्त भएको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरेबियाको रियादसहित अब ८ मुलुकका १० वटा गन्तव्यहरुमा उडान सञ्चालन गर्ने भएको छ ।

उक्त गन्तव्यहरुमध्ये निगमले दिल्लीमा दैनिक २ वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरुमा साप्ताहिक रुपमा क्रमशः मुम्बई, बैङ्लोर, क्वाललम्पुर र बैंककमा ३–३ वटा, दोहामा ५, दुबईमा ५, हङकङमा १ र नारितामा ३ वटा उडान सञ्चालन गर्दै आएको छ ।

त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रुपमा सञ्चालन गर्ने तयारी रहेको खड्काले बताइन् । उल्लिखित गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरूमा हाल निगमको सिट अकुपेन्सी ८० भन्दा बढी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..