तस्करीको २४ बोरा चिनी बरामद

काठमाडौं । भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ ।

प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..