महानगरीय प्रहरी कार्यालयको नाम काठमाडौं उपत्यका प्रहरी कार्यालय


काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयलाई अध्यादेशमार्फत केन्द्रित प्रहरीको मातहतमा ल्याएसँगै उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटहरूको नाम परिवर्तन गरिएको हो ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरिएको छ । २०७८ वैशाख २१ मा सरकारले पहिलोपटक सो ऐन संशोधन गरेर उपत्यकाका प्रहरी युनिटहरुलाई केन्द्र मातहत ल्याउने निर्णय गरेको थियो । वर्तमान सरकारको सिफारिसमा चैत २२ मा राष्ट्रपतिले प्रमाणित गरेर सो अध्यादेशलाई निरन्तरता दिएकी छन् ।

काठमाडौं उपत्यकाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरेर काठमाडौं उपत्यका प्रहरी कार्यालय नामकरण गरिएको छ । काठमाडौं उपत्यकाको अपराध अनुसन्धान गर्ने इकाई महानगरीय अपराध महाशाखाको नाम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नामकरण गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको नाम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राखिएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रहरी कार्यालयहरुलाई जिल्ला प्रहरी परिसर नामाकरण गरिएको छ । यसअघिका महानगरीय प्रहरी वृत्तहरुको नामको अगाडिको महानगरीय हटाइएको छ । नयाँ अध्यादेश अनुसार ‘प्रहरी वृत’ र त्यसपछि वृत अवस्थित ठाउँको नाम राखिएको छ ।

महानगरीय प्रहरी प्रभागहरुको नाम परिवर्तन गरेर ‘प्रहरी प्रभाग’ मात्रै राखिएको छ ।नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई २०७८ मंसिर १५ मा दोस्रोपटक र २०७८ चैत २२ मा तेस्रोपटक संशोधन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..