मेयर लड्न उपसचिवबाट बिष्णुप्रसाद भुसालले दिए राजीनामा


काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव बिष्णुप्रसाद भुसालले वैशाख ३० गते हुने स्थानीय चुनावमा मेयर लड्न पदबाट राजीनामा दिने भएका छन् ।

लामो समय स्थानीय तहमा काम गरेकाले केही गर्न सक्छु कि भनेर मेयर लड्न लागेको बताउँदै भुसालले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने बताएका छन् । देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए।

निजामती सेवामा २२ वर्ष बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..