नागढुंगाबाट ब्राउन सुगरसहित पक्राउ


काठमाडौं । प्रहरीले ६ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-५ घर भई ३० वर्षीय रामकृष्ण भण्डारी रहेका छन् ।

काकरभिट्टादेखि काठमाडौंतर्फ आउदै गरेको प्र.१-०२-००१ख ९५२६ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा नागढुंगाबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।


उनको साथबाट प्रहरीले ब्राउन सुगर ६ ग्राम, नाइट्राभाइट ट्याबलेट ४ वटा, ओप्पो मोबाइल र परिचयपत्र बरामद गरेको छ ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्‍याद अनुमति लिई महानगरीय प्रहरी वृत थानकोटले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..