ऋणको समस्या समाधानका लागि श्रीलंकालाई फेरि ऋण

एजेन्सी । श्रीलंकाको ऋणको ब्याज तिर्न ऋण नै लिने मोडल यतिबेला चासोको विषय बनेको छ । ऋणको जालोमा परेको श्रीलंकाले फेरि ऋण नै लिएर तत्कालको समस्या निकाल्ने शैली अपनाउन लागेको छ ।

श्रीलंकाका भूराजनीतिक विश्लेषक असांगा अबियागोनासेकेराले ऋण तिर्न ऋण नै लिने मोडलबारे पहिलोपटक थाहापाएको सुनाए । उनले चीनबाट फेरि ऋण लिएर ऋणको समाधान गर्न खोजिएको विषय उठाएका हुन् । तर, उक्त ऋणको ब्याजबारे नखुलाइएको उल्लेख गरे ।

श्रीलंका रणनीतिक रुपमै ऋणको जालोमा परेको उनले उल्लेख गरेका छन् । यसले चीनसँग श्रीलंकाको सम्बन्धमा धेरै परिवर्तनहरु आउन थालेको बताए ।

चीनको श्रीलंकासँगको सम्बन्धमा केही छुटेका विषयहरुबारे उल्लेख गर्दै रणनीतिक ट्रयापमध्ये राजापाक्षे सरकार बचाउन चीनले सहयोग गरिरहेको र लोकतान्त्रिक प्रणालीबाट तानाशाही शासनमा श्रीलंकालाई लान खोजेको विषय पनि उल्लेख गरेका छन् ।

चीनले श्रीलंकालाई र श्रीलंकाले चीनलाई मानवअधिकार परिषदमा युद्ध अपराधसम्बन्धी आरोपबारे एक अर्कालाई साथ दिएको विषय पनि उठाइएको छ । तर, श्रीलंकाका जनता निकै आक्रोशित भइरहेको उल्लेख छ । श्रीलंकाको संकटमा भारतले साँढे २ अर्ब डलर सहयोग गरेको छ । त्यहाँ खाद्य र इन्धनको संकट परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..