भारतले कोशी सडक नबनाएको भन्दै कोशी किनारका बासिन्दा आन्दोलित

कोशीब्यारेज । सम्झौताअनुसार भारत सरकारले निर्माण गर्नुपर्ने बाट निर्माणमा बेवास्ता गर्दा समस्या परेको भन्दै कोशी किनारका बासिन्दाहरु आन्दोलित बनेका छन ।
कोशी सम्झौता अनुसार भारत सरकारले त्यससँग सम्बन्धित क्षेत्रमा बाटोसहित विभिन्न निर्माण गर्नुपर्ने हुन्छ तर भारतले गरेको भारत सरकारले सडक निर्माण गर्न ध्यान नदिएको भन्दै कोशी पारी सप्तरीको कोशी आयोजना सीमावर्ती क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका हुन ।


कोशी पश्चिमी नहरको डिल भएर निर्माण गरिएको बाटो दिनप्रतिदिन जीर्ण बन्दै गएको र धूलो तथा हिलोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का बासिन्दाले बुधबार बिहान प्रदर्शन गरेका हुन् ।


वडा अध्यक्ष उमेश यादवको अगुवाइमा उनीहरुले प्लेकार्डसहित नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् । मंगलबार राति भएको वर्षाका कारण हिलाम्य सडकमा उनीहरुले प्रदर्शन गर्दै कोशी सम्झौता खारेजको माग गरेका छन् ।


‘या त यो बाटो निर्माण गरियोस्, या त सम्झौता नै खारेज गरियोस्’ वडा अध्यक्ष यादवले भने, ‘सम्झौता अनुरुप सडक बनाउने काम भारत सरकारको हो । तर बनाइरहेको छैन ।’
उनले बरु सम्झौता खारेज गरिदिए आफूहरु नै मिलेर सडक बनाउने बताए ।

‘गर्मीमा धूलो र बर्षामा हिलोका कारण हामीलाई समस्या भइरहेको छ’ वडा अध्यक्ष यादवले भने, ‘धूलोका कारण गाउँका मानिस बिरामी हुन थालेका छन् ।’
स्थानीय सडक मर्मतको माग गर्दै प्रदर्शन गरिरहँदा पुगेका प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ ले यसबारे नेपाल तथा भारतीय अधिकारीसँग कुरा गर्ने बताएपछि उनीहरुले आन्दोलन टुंग्याएका छन् ।


वडा अध्यक्ष यादवले चाँडै सडक मर्मत गर्नेतर्फ ध्यान नदिइए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..