जसपा त्यागेर एमाले गएकाहरु फर्किंदै

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यागेर नेकपा एमाले प्रवेश गरेका नेताहरु धमाधाम पुनः जसपामै फिर्ता आउन थालेका छन् ।


बुधबार मात्रै जसपा त्यागेर एमाले गएका दुई जना वडा सदस्य पुनः जसपामै फर्केका हुन् । जसपा फर्किनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बाट निर्वाचित नगर परिषद् सदस्य मुस्तुफा अन्सारी र वडा नम्बर ५ का नगर परिषद् सदस्य सुरज कुर्मी रहेका छन् ।

जसपाको नेतृत्वसँग असन्तुष्टिका कारण पार्टी त्यागेर एमाले गएका उनीहरु पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् प्रदीप यादव र युवा नेता राजेशमान सिंहको विशेष पहलमा फिर्ता आएका हुन् । नेतृत्वले असन्तुष्टिलाई सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरु फिर्ता आएको बुझिएको छ ।फिर्ता आएका दुवैलाई सांसद् यादव र नेता सिंहलगायतले फुलमाला लगाई जसपाको वीरगञ्जस्थित सम्पर्क कार्यालयमा स्वागत गरेका थिए ।

उनीहरुलाई स्वागत गर्दै सांसद् यादवले नेकपा एमालेले मधेशवादको खोल ओढेर पर्साका जनतालाई झुक्याईरहेको आरोप लगाए । मधेशी जनतामाथि गोली प्रहार गर्ने एमाले आज मधेशवादी बनेर भ्रम फैलाइरहेको उनले बताए ।


त्यसैगरी वीरगञ्ज महानगरपालिकाको जसपाबाट मेयरका उम्मेदवारसमेत रहेका राजेशमान सिंहले मुस्तफा र कुर्मीको प्रवेशले जसपा थप सशक्त बनेको जिकिर गरे । उनले महानगरमा जसपा भारी बहुमतले विजयी हुने दावी गर्दै एमालेको पत्ता साफ हुने बताए । उनीहरुलाई स्वागत गर्नेमा युवा नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..