धनुषामा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा युवकको शव भेटियो


जनकपुर । धनुषामा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा बुधबार एक युवकको शव भेटिएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा- २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय ती युवकको शव भेटिएको हो ।


युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।पानीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन ।


युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र यसबारेमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..