महिलाको डेरा खाली गर्दा फेला परे गोली बरामद

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वर नरेफाँटाबट चार राउण्ड गोली र नक्कली सुनसहित विभिन्न सामान बरामद गरेको छ।


बुधबार दिउँसो सो स्थानकी सुनमाया श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रमिला तामाङको डेरा कोठा खाली गर्न काठमाडौं महानगरपालिकाका प्रतिनिधिसमेतको प्रहरी टोली खटिइ कोठा खोलेर हेर्दा ती सामान बरामद भएको प्रहरीले जनाएको छ।

तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ९ एमएम लेखिएको गोली राउण्ड ४, १ केजी नक्कली सुन, नेपाली सेनाको जर्सी, राहदानी, मोबाइल, विभिन्न व्यक्तिका नामको चेक, नागरिकता, जन्मकुण्डलीलगायतका सामग्री बरामद गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..